मंसिर ५ मुग्लिङ्,गएराती चितवन को मुग्लिङ नजिकै नाग्दी खोलामा मिनी ट्रक दुर्घटना हुदाँ २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन । धादिङ को सलाङ बाट तरकारी बोकेर मुग्लिङ तर्फ आउदैगरेको ग १ख ४५०३ न .को मिनी ट्रक सडक बाट करिव १०० मिटर तला खस्दा २ जना कोमृत्यु भएको हो । मृत्यु हुनेहरुमा मा धादिङ सलाङ ५ का बर्ष २१ को अर्जुन नेपाली र पाल्पाको दार्खा ९ का बर्ष ३१ का का रमेश श्रेष्ठ रहेकाछन्। घाईते हुनेमा धादिङ सलाङ ५ कैचालक होमनाथ नेपाली रहेको मुग्लिङ प्रहरीले जानकारी दिएको छ । घाईते चालक नेपालीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment