मंसिर ७ –अनिश्चीतकालका लागि स्थगित भएको संविधानसभा सम्बाद तथा सहमति समितिको बैठक आज बस्दै छ । बिहान १० बजेपछि बस्ने बैठकमा अहिले सम्मेको कार्यप्रगति बिबरण संविधानसभामा पठाउने बिषयमा छलफल हुने छ । काँग्रेस एमालेले प्रस्तुत गरेको ७ प्रदेश सहितको प्रस्ताव संविधानसभामा लैजाने कि नलैजाने भन्ने बिबाद हुदा यस अघिको बैठक अनिश्चतकालका लागि स्थगित भएको थियो । हिजो बालुवाटारमा बसेको ठुला तिन दलका शिर्ष नेताको बैठकमा मतदान नगर्ने गरि सबै प्रस्ताव संविधानसभामा लैजाने सहमति भएपछि आज बैठक बस्न लगेको सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो । संवाद समितिमा सहमति नभए सबै प्रस्ताव संविधानसभामा लगेर प्रकृयागत हिसाबले टुङग्याउनुपर्ने पक्षमा सत्तारुढ दल छन् भने बिपक्षी दलले सहमतिमा जोड दिएका छन् ।

Post a Comment

 
Top