मंसिर ३ –भारतमा पहिलो पटक ईबोला संक्रमित बिरामी भेटिएका छन् । लाईबेरियाबाट भारत आईपुगेका एक भातीय युवकमा ईबोलाको संक्रमण भेटिएको हो । लाइबेरियामा ईबोलाको उपचार पश्चात भारत आएका ति युवकमा गरिएको परीक्षणमा अझै पनि ईबोलाको भाईरस रहेको पुष्टी भएको बिबिसि हिन्दीले जनाएको छ । लाईबेरियामा ईबोला पुरै निको भएको प्रमाणपत्र पाएका उनको बिर्य जाँच गर्दा ईबोला संक्रमण देखिएको स्वास्थ्य अधिकारीले बताएका छन । ईन्दरिा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थल मार्फत भारत आएका ति २६ वर्षीय युवकलाई आईसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । विश्वस्वास्थ्य संगठनको निर्देशन अनुरुप ति युवकलाई एयरपोर्टबाटै नियन्त्रण्मा लिएर ईबोला परीक्षण गरिएको थियो । भारतीय स्वास्थ्य मन्त्रायलयले ईबोला संक्रमित बिरामी भेटिएको पुष्टी गर्दै अवस्था नियन्त्रण्मा रहेकाले त्रसित नहुन अपिल गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment