मंसिर ७ –नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी घटाउने भएको छ । पेटो«लियम पदार्थमा स्वचालीत मुल्य लागु भएपछि अन्तराष्ट्रिय बजारमा मुल्य घटेकोले सोहि अनुसारसमायोजन गर्दा फेरी मुल्य घट्न लागेको हो । आज र भोलीमा निगम सन्चालक समितिको बैठक बसेर मुल्य समायोजन गर्ने तयारी भैरहेको प्रबक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । अन्तराष्ट्रिय बजारमा घटेको मुल्य अनुसार नेपालमा डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलटर मुल्य एक रुपैया ५० पैसासम्म घट्ने निगमले जनाएको छ । यसअघि निगमले दुइ साता अघि पेट्रोलमा प्रतिलिटर २ रुपैया ४७ पैसा, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैया ६७ पैसा घटाएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment