मंसिर ७ –इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाललाई पेट्रोल पाइपलाइन निःशुल्क बनाइदिने सम्बन्धी प्रतिबेदन तयार भएको छ । नेपाल आयल निगम र आइओसीका अधिकारीबीच भएको वार्तामा उसले अमलेखगन्ज–रक्सौल पेट्रोल पाइपलाइन बनाइदिने प्रस्तावमा सहमति जनाएको हो । कार्यदलले तयार पारेको प्रतिवेदन आजै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाइदैछ । आइओसीले पनि भारत पुगेर आप्mनो मन्त्रालयमा प्रतिवेदन बुझाउने छ । पाइपलाइन निर्माणको प्राविधिक तथा आर्थिक पक्ष र सञ्चालन विधिसहितको विस्तृत कार्ययोजना दुई देशका प्रतिनिधि सम्मीलित कार्यदलले तयार पारेको हो ।

Post a Comment

 
Top