चलचित्र निर्देशक आलोक नेम्वाङको निधन भएको छ। उनको आज बेलुकी ८ बजे आफ्नै निवासमा झुण्डिएको अवस्थामा शव भेटिएको  प्रहरीले जनाएको छ। उनको शव धापासीस्थित आफ्नै अपार्टमेन्टमा  झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
साँझको समयमा बाथरुमको ढोकामा  झुण्डिएर उनले आत्महत्या  गरेको मोडल निराजन प्रधानले बताएका छन्। नेम्बाङको मृत शरीरलाई उनले राति ८ बजे देखेका थिए। निराजनका अनुसार केही दिनदेखि आलोक निकै फ्रष्टेड थिए। ‘मैले पाँच बजे तिर दाई आउदैछु भनेर फोन गरे । त्यसको केही बेर पछि उहाँसंग फोन हुँदा पुनः उठेन र आईपुग्दा बाथरुममा त्यस्तो अवस्थामा देखे ।’  निराजले रुदै भनेका छन् ।
 
आलोक विगत चार महिना देखि गंगबु २  स्थित ग्रयाण्ड डि भिल्ला हाउजिङमा बस्दै आएका थिए । यस अघि उनी नक्सालमा एक्लै बस्दै आएका थिए । 
 
गायक नविन के भट्टर्राईको "लाखौ पटक मैले कोसिस गरे" बोलको गीतको   म्यूजिक भिडियोबाट आफ्नो निर्देशन यात्रा थालेका नेम्वाङले 'कसको आँखा लाग्यो बरै', 'न बिर्सें तिमीलाई' जस्ता दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको 'अझैं पनि' फिल्म फागुन १५ गते रिलिज हुने तयारीमा थियो। अविवाहित रहेका नेम्बाङले 'सानो संसार', 'कोही मेरो'जस्ता चर्चित फिल्मको निर्देशनसमेत गरिसकेा थिए।
 
४ सय ५० वटा म्यूजिक भिडियो निर्देशन गरिसकेका नेम्वाङ्गका त्यस्ता अनेकौ  गुणहरू छन् जुन सुन्दा तपाईलाई होईन जस्तो लाग्छ । अमेरिकामा ६ बर्षपर्फमङ आर्ट, थ्रिएटर,  सिनेमा र कोरियोग्राफी विषयको कोर्स गरेर फर्किएका आलोक एउटा कुसल कोरियोग्राफर पनि हुन ।

Post a Comment

 
Top