गोरखा, कार्तिक १५ –२० बर्ष देखि माथिका ६० बर्ष सम्मका बिबाहित महिलाको निसुल्क स्तन क्यान्सर र पाठेघार क्यान्सर सम्बन्धि आज एकदिने शिबिर सन्चालन कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालीका वडा नं. १० का स्वास्थ्य चौकी निमार्ण समितिका अध्यक्ष धु्रब कँुवरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको कार्यकारी अधिकृत चन्द्रा थापाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल नेटवर्क फर क्यान्सर एण्ड रिसर्च सेन्टर काभ्रे बनेपा, जिल्ला स्वास्थ्य कार्यलय गोरखा, कोसान नेपाल र गोरखा नगरपालिको समन्ययमा गोरखा नगरपालिकाका वडा नं. ९, १० र ११ को आयोजनामा महेन्द्र उ.मा.वि कुन्दुरमा सन्चालन भएको स्वास्थ्य शिबिर कार्यक्रम ३ वटै वडाका महिलाहरुको महिला लक्षित बजेट र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा भएको होे । कार्यक्रममा तिनवटै वडाका सबै राजनीतिक दलहरुको सहभागिता रहेको थियो । शिबिरमा ३०० जना भन्दा बढि महिलाले स्वास्थ्य परिक्षण गरेको कार्यक्रम सन्चालक तथा शिबिर सन्चालन समितिका संयोजक राम बहादुर खड्काले जानकारी दिनुभयो । शिबिरमा स्वास्थ्य परिक्षणका लागी १२ जना महिला डाक्टरहरुको उपस्थ्तिि रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment