कार्तिक १५ –एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त संघीयता धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । कांग्रेस र एमालेकै कारण प्राप्त उपलब्धी गुम्न लागेको दाबी गर्दै उहाँले आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो । उहाँले संघीयता, धर्मनिरपेक्षेता र पहिचानलगायतका उपलब्धी गुम्ने खतरा पछिल्ला दिनमा बढेको भन्दै आन्दोलनका लागि तयार रहन उपत्यकाका नेवार समूदायलाई आग्रह समेत गर्नुभएको छ । नेवा ः राष्ट्रिय मुक्ति मोर्चा, ललितपुरले नेपाल संवतको उपलक्ष्यमा लतिलपुरमा बिहान गरेको कार्यक्रममा प्रचण्डले काग्रेस एमाले धर्मनिरपेक्षेता र पहिचानलाई मेट्न लागिपरेको आरोप लगाउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment