मंसिर ८ –सार्कमा आउने विशिष्ट पाहुनलाई विमानस्थलमा स्वागत तथा उहाँहरूको सवारीसाधन सञ्चालनसम्बन्धी पूर्वअभ्यास गरिएको छ । विशिष्ट अतिथिहरूलाई त्रिभुवन विमानस्थलमा स्वागतदेखि उहाँहरूको गाडीको स्कर्टिङ, उहाँहरूलाई होटलमा स्वागत तथा कार्यक्रमस्थलमा स्वागतसम्मको पूर्वअभ्यास गरिने गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । सार्कका राष्ट्रप्रमुख र सरकार प्रमुखको कार्यक्रमस्थल सभागृहमा स्वागतको पूर्वअभ्यासमा प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुहुनेछ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट पाहुनलाई स्वागत तथा स्कर्टिङको पूर्वअभ्यासमा उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी हुनुभएको थियो । सार्क सम्मेलनको सुरक्षा र व्यवस्थापन चुस्त बनाउन हिजैदेखी अन्तराष्ट्रिय बिमानस्थल खाली गरिएको थियो । सम्मेलन स्थल सभागृह पछाडीको पुरानो बसपार्क पनि आजदेखी खाली गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment