गोरखा, मंसिर १४ –गुम्दाका शिक्षक १३ वर्षिय वालीकालाई वलात्कार गरी फरारसुर्योदय मावि गुम्दाका शिक्षक उमेश गुरुङ १३ वर्षिय एक वालीकालाई वलात्कार गरेर फरार भएका छन । शुक्रवार राति करिव साढे दश वजेको समयमा सोही विद्यालयमा अध्ययनरत छात्रालाई गुरुङले वलात्कार गरेका हुन । छिमेकी शौचको लागी  वाहिर निस्कदा अचानक वालीका चिच्याएको आवाज सुनेपछि गएर हेर्दा उक्त घटनाबारे थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । खवर पछि घटनास्थल पुगेको माछिखोला प्रहरी चौकीले जति सक्दो छिटो अभियुक्तको खोजी गरी कारवाहीको प्रक्रिया अगाडी वढाउने जानकारी दिएको छ ।

Post a Comment

 
Top