मंसिर ३ –आगामी रणनीति बनाउनभन्दै एकीकृत माओवादीसहितको २२ दलीय मोर्चाको बैठक बसिरहेको छ । सिंहदरबारस्थित एकीकृत माओवादीको संसदीय दलको कार्यालयमा जारी बैठकमा सत्तारुढ दलले सम्बाद समितिमा पेस गरेको प्रस्ताब, त्यसलाई अघि बढाउन दबाब दिन भन्दै काग्रेस–एमालेले गरेको हस्ताक्षर अभियान, स्थगित सम्बाद समिति बैठक, मोर्चाले चाल्ने आगामी कदम लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । यसअघि आज बिहान पनि सोहि विषयमा छलफल भएको मोर्चाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभएको थियो । सत्तारुढ दलहरुले जनआन्दोलन, मधेस आन्दोलन लगायत आन्दोलनको उपलब्धी गुम्ने गरि संबिधान जारी गर्न लागेको भन्दै २२ दलीय मोर्चाले बिरोधका कार्यक्रम समेत गर्दै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment