कार्तिक १५ –संबिधानका बिबादमा सहमती जुटाउन भन्दै तेस्रो पटक थपिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद आज सकिदै छ । यतिका दिनसम्म गरेको सहमतिको प्रयास खेर गएपछि दलहरुले संवाद समितिबाट बहुमत र अल्पमतको प्रतिवेदन संविधानसभामा पठाउने तयारी गरेका छन् । आज बिहान बसेको शिर्ष नेताहरुको बैठकले अब धेरै समय म्याद थपिनरहने बरु प्रक्रिया मार्फत बिषय टुङ्रयाउने तयारी भएको हो । सहमति खोज्न नसकिएपछिको स्थितिमा अब चाल्नुपर्ने कदमबारे छललफल भएको थियो । एमाओमाओवादीले संवाद समितिलाई सहमतिको म्याद अझै थप्नुपर्ने प्रस्ताव राखेपनि एमालेले कडा अडान लिएपछि म्याद नथपिने भएको हो । संवाद समितिले बहुमत र अल्पमतको प्रतिवेदन तयार पार्ने र सो प्रतिबेदन भोलि नै संविधानसभा अध्यक्षलाई बुझाईने नेताहरुले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment