कार्तिक १५ –शान्ति फाउन्डेसन र क्रोधरहित संसार नामक संस्थाको आयोजनामा आजदेखि काठमाडौँमा पाँचौ अन्तर्राष्ट्रिय शान्ति सम्मेलन हुदै छ । सम्मेलनमा मुख्य रुपमा ‘गन्तव्य बुद्धि, समावेशी शिक्षा, सकारात्मक मनोविज्ञान, एकता र सांस्कृतिक विविधता’ लाई उठान गरिने आयोजकले जनाएको छ । सम्मेलनमा अमेरिका, बेलायत, बङ्गलादेश, भारत, जापान, दक्षिण अफ्रिका र नेपाललगायत १८ मुलुकका १ सय ५० जनाको सहभागिता रहने क्रोधरहित संसार संस्थाका अध्यक्ष डीएम बस्नेतले जानकारी दिनुभयो । विश्वमा देखिएको अशान्तिलाई न्यून गर्न शिक्षा र सकारात्मक मनोविज्ञान, सांस्कृतिक सद्भावका माध्यमबाट सामाजिक चेतना, नैतिकता र सकारात्मक परिवर्तन गराउन सम्मेलन महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment