कार्तिक १५ –नयाँ संविधानमा आफुहरुको माग सम्बोधन गराउन भन्दै आदिवासी जनजातिहरुले आज आन्दोलन घोषणा गर्दै छन् । जातिय पहिचान र धर्मनिरपेक्षता सहितको संघियता, समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गराउनको लागि आन्दोलनको विकल्प नभएको निश्कर्षमा पुगेका उनिहरुले आज राजधानिको प्रज्ञाभवन कमलादीमा पत्रकार सम्मेलन गरि आन्दोलन घोषणा गर्न लागेका हुन् । केहि समय अघि पद्मरत्न तुलाधरको नेतृत्वमा गठन भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आज कार्यक्रम सार्वजानिक गर्न लागेको हो । दिउँसो एक बजे कमलादीमा पत्रकार सम्मेलन हुने अध्यक्ष तुलाधद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

 
Top