कार्तिक १५ –मकवानपुरको बसामाडिमा आज बिहान भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० घाइते भएका छन् । मृत्यु हुनेमा ७ पुरुष र तीन महिला छन् । दुर्घटनामा इलाम नाम्सालिङका मिलन अधिकारी, इलाम गोलाखर्ककी इशा कार्की, बरबोटेका प्रविण आचार्य, इलाम १ की रक्षा श्रेष्ठ, इलाम २ की सुजता काफ्ले, इलाम ८ का रोशन भट्टराई, इलामकै आस्था बरबोटे, इटहरीकी शान्ता लुईंटेल, रसियन नागरिक डारिया मल्सको र ठेगाना नखुलेका पिजज दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
८ जनाको घटनास्थल, एक जनाको उपचारका क्रममा हेटौंडा अस्पताल र एक जनाको चितवनमा ज्यान गएको हो । घाइते ३० जना मध्ये २८ जनाको चितवनको भरतपुरमा र २ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । इलामबाट काठमाण्डौ आउदै गरेको ना ५ ख ४८४१ नम्बरको बस र काठमाण्डौ बाट बिराटनागर जादै ना ४ ख ५४४८ गरेका बस आज बिहान २ बजे ठोक्कएिका हुन् । तिब्र गतिमा रहेकोले बस दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । बसको गति तिब्र भएको भन्दै यात्रुहरुले गति सिमित गर्न पटक–पटक आग्रह गर्दा पनि चालकले अटेर गरेको घाइतेहरुले बताएका छन् ।
यसैबीच वीरगन्ज कलैया सडकखण्डमा गएराति १० बजे भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कलैयाबाट वीरगन्जतर्फ आइरहेको ना २९ प ६७६८ नम्बरको मोटरसाइकल र वीरगन्जबाट कलैयातर्फ गइरहेको ना ४ प ११८५ नम्बरको मोटरसाइल ठोक्किदा बारा कलैया–५ का गोपाल अग्रवालको मृत्युभएको हो । दुर्घटनामा परी गम्भीर घाइते उहाकी १५ वर्षीया छोरी सब्बी अग्रवाल र कलैया–८ का सुमन रेग्मीलाई थप उपचारका लागि गएराति नै काठमाडौँमा ल्याइएको छ ।
Post a Comment