आसोज १६ –१७ औं एसियाली खेलकुद खराव प्रदर्शनलाई जारी राखेको नेपाल पहिलो पदक पाएको छ । एसियाडको १४औं दिन नेपालले पहिलो पटक कराँते खेलमा कास्य पदकबाट खाता खोलेको हो । कराँते खेलाडी विमला तामाङले कास्य पदक जितेपछि नेपाल पदकविहीन हुनबाट जोगिएको छ । महिला काँतातर्फ सेमिफाइनलमा पराजित भएपछि विमलाले कास्य पदकको लागि उत्तर कोरियाकी खेलाडीसँग प्रतिस्पर्धा गर्नुभएको थियो । जिउ काङविरुद्धको खेल ५–० ले जित्दै विमलाले कास्य पदक सुरक्षित गर्नुभएको हो । २५ वटा खेलमा सहभागिता जनाएको नेपालले पदकको आशा गरेका अरु प्रतिष्प्रर्धामा निरास बन्न परेको थियो ।
यसअघि आजको पहिलो खेलमा पुरुष काँतातर्फ नेपालका पर्शुराम बास्तोलाले साउदी अरेबियाका खेलाडीलाई हराउनुभएको छ । तर, क्वार्टरफाइनल खेलमा भने बास्तोलालाई मलेसियाका ची वे लिमले ५–० ले हराएका छन । एथ्लेटिक्सको महिला म्याराथनमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी स्वरुपा खड्काले नेपालको प्रतिनिधित्व गर्नुभएको छ । सहभागी १६ मध्ये १५औं स्थानमा दौड सकाएकी स्वरुपाले ३ घन्टा ४१ सेकेन्डमा रेस सकाउनुभयो । यता पदकको आशा गरिएकाु तेक्वान्दोका खेलाडीहरु मनिता शाही र आयशा शाक्य भने पराजित भएका छन् । मनिता चाइनिज ताइपेइ र आयशा मकाउका खेलाडीसंग पराजित भएका हुन् ।

Post a Comment

 
Top