असोज १६ –डरलाग्दो गतिमा फैलिएको इबोला संक्रमणको दर प्रत्येक हप्ता दोब्बर हुँदै गएको तथ्य सार्वजनिक भएको छ । अफ्रिकी देश सियरालियोनमा मात्र हरेक घण्टामा पाँच जना नयाँ इबोला भाईरसका संक्रमिमत भेटिने गरेको सेभ द चिल्ड्रेनले जनाएको छ । संस्थाले दिएको जानकारी अनुसार सियरालियोनमा दैनिक १ सय २० भन्दा बढीमा ईबोलाको नयाँ संक्रमण भेटिने गरेको छ । संस्थाले यो निकै खतरापूर्ण रहेको र यसले आवश्यकता अनुसार स्वास्थ्य सेवा तथा सहायता नपुगेको देखाउने बताएको छ । पश्चिम अफ्रिकी देशमा गतहप्ता ७ सय ६५ जना इबोला संक्रमित फेला परे पनि संक्रमितका लागि ३ सय २७ मात्रै शैया छन् । इबोलाका कारण अहिलेसम्म ३ हजार ३ सय ३८ जनाको मृत्यु भैसकेको छ । यस्तै ७ हजार १ सय ७८ जनामा इबोला संक्रमण फैलिएको छ । इबोलाबाट मृत्यु हुने र संक्रमित हुनेमा अधिकांश सियरा लियोन, लाइबेरिया र गिनीका नागरिक छन् ।

Post a Comment

 
Top