असोज १९ –संविधानका विवादित विषयमा सहमति खोज्न तिन दलीय कार्यदलको बैठक आजपनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा आजपनि संघीय संरचना र शासकीय स्वरुपका विषयमा छलफल हुने कार्यदल सदस्य एवं एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाले जानकारी दिनुभयो । संघीय राज्यमा प्रदेशको संख्या र नामाकरणसहितको ठोस प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको देवकोटाले बताउनुभयो । यस्तै बैठकमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विवादित विषयमा पनि छलफल हुनेछ । कार्यदलको हिजोको बैठकमा पहिलेभन्दा अलि खुलेर छलफल भएकोले सहमतिको लागि सकारात्मक वातावरण बन्न थालेको उहाँको भनाइ छ ।
विवादित विषयमा सहमति नजुटेको खण्डमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले असोज २१ गतेभित्र प्रश्नावली तयार गरी संविधानसभामा पठाइसक्नुपर्नेछ । तिन दलीय कार्यदलमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र कानूनमन्त्री नरहरि आचार्य, नेकपा एमालेका उपाध्यक्ष भिम रावल र नेता अग्नि खरेल तथा एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा र नेता खिमलाल देबकोटा हुनुहुन्छ । यसैबीच प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक पनि आजै बस्दैछ । दिउसो १ बजेका लागि तय भएको बैठकमा कार्यदलमा सहमति जुटेका र सहमति जुट्न बाँकी विषयमा निर्णायक छलफल हुने बताइएको छ ।

Post a Comment