असोज १६ –म्याग्दीको बाबियाचौर–४ स्थित ¥यालेखोरमा रहेको मङ्गला माविलाई बिदेशमा रहेका स्थानीयवासीले पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । विद्यालयको भौतिक विस्तार र जग्गा खरिदका लागि हाल हङ्कङमा रहनुभएका स्थानीय चित्रबहादुर पुन र अमेरिकामा रहनुभएका खगेन्द्र अधिकारीको नेतृत्वमा पाँच लाख १४ हजार ६ सय ८० रुपैयाँ विद्यालयलाई प्राप्त भएको शिक्षक भविदत्त सुवेदीले जानकारी दिनुभयो । विद्यालयमा भएको सरोकारवालाहरुको भेलामा पुनका बुबा रत्नबहादुर पुन र अधिकारीका बुबा भूपू प्रधानाध्यापक एमबहादुर अधिकारीले सो रकम संयुक्त रुपमा प्रधानाध्यापक उमादेवी पौडेललाई हस्तान्तरण गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment