असोज १६ –फलफूलका बिरुवा बिक्री गरेर खोटाङका ५४ वर्षीय रामनिधि आचार्यले वार्षिकसात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । याम्खा–५ का आर्चायले बाँझो १० रोपनी जग्गामा लगाएको विभिन्न प्रजातिका फलफूलका बिरुवा बिक्री गरेर वार्षिक सात लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको हो । आफूले उत्पादन गरेको सुन्तला, अनार, कुरिलो, कागती, जुनार, निबुवा, अम्बा, लिचीलगायतका फलफूलका बिरुवा घरैबाट बिक्री हुने गरेको आचार्यले बताउनुभयो । अन्य बालीभन्दा कम मिहिनेत र हावापानीले असर पनि नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उहाँले बताउनुभयो । आचार्यका अनुसार नर्सरीमा उत्पादित फलफूलका बिरुवा प्रतिगोटा २० देखि रु ५० मा घरैबाट बिक्री हुने गरेको छ । पाँच वर्षअघिदेखि सुरु गरेको नर्सरीबाट उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालय खोटाङ, विभिन्न  गाविस, छिमेकी जिल्ला भोजपुर र उदयपुरमा समेत बिक्री हुने गरेको आचार्यको भनाइ छ । धनकुटामा लिएको तालिमपछि आफ्नो नाङ्गो डाँडा फँडानी गरेर नर्सरी लगाएको आचार्यले बताउनुभयो ।

Post a Comment

 
Top