असोज १९ –च्याम्पियन्स लिग ट्वेन्टी–२० क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले हात पारेको छ । भारतको बैंगलोरमा गएराति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नई दोस्रो पटक च्याम्पियन बनेको हो । खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रन बनायो । कप्तान गौतम गम्भीरले ५२ बलमा ८० तथा रबिन उथप्पाले ३२ बलमा ३९ रन बनाउनुभयो । पवन नेगी एक्लैले २२ रन खर्चेर ५ विकेट लिनुभयो । जवाफमा चेन्नईले १८ ओभर ३ बलमा २ विकेट गुमाउँदै जित हासिल ग¥यो । सुरेश रैनाले ८ छक्का र ६ चौकाको मद्दतले ६२ बलमा नटआउट रहँदै एक सय ९ रन बनाउँदै टिमलाई जिताउनुभएको हो । रैना ‘म्यान अफ द सिरिज’ र नेगी ‘म्यान अफ द फाइनल’ बन्नुभयो ।

Post a Comment

 
Top