असोज १९ –नेकपा एमालेका बरिष्ठ नेता एबं पुर्ब प्रधानमन्त्री झलनाथ खनालको पिसाव नलीको माईक्रो सर्जरी गरिएको छ । अमेरिकाको बाल्टीमोर स्थित जोन हप्किन युनिर्भसिटी अस्पतालमा बरिष्ठ चिकित्सकहरुको टोलीले गएराति उहाँको सर्जरी गरेको हो । यसअघि गरिएको प्रोस्टेटको अप्रेशनपछि बल्झिएको समस्याको निदानका लागि उहाँ गत असोज १० गते अमेरिकातर्फ प्रस्थान गर्नुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले खनाललाई अझै दुई हप्ता आफुहरुकै निगरानीमा रहन सुझाब दिएको बुझिएको छ । खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँसंगै अमेरिकामा रहनुभएका सहयोगी आरबी राईले जानकारी दिनुभयो । अस्पतालबाट डिस्चार्ज भएलगत्तै उहाँ स्वदेश फर्कनुहुने छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment