असोज १९ –हिमालपारिको जिल्ला मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको आधाभन्दा बढी निर्माण कार्य पूरा भएको छ । माउण्ट कैलाश इनर्जी कम्पनी प्रालिले निर्माण सुरु गरेको आयोजनाको सुरुङ मार्ग, ड्यामसाइट विद्युत् गृह, विद्युत् प्रसारण लाइनलगायत ६५ प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिएको कम्पनीका कार्यकारी अध्यक्ष भरत खड्काले बताउनुभयो । डेढ वर्ष अगाडिदेखि निर्माण सुरु भएको आयोजना पूर्ण स्वदेशी लगानीमा निर्माण हुन लागेको हो । कुल दुई अर्ब १३ करोडको लागतमा निर्माण हुने आयोजना आगामी एक वर्षभित्रै सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । ११.२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सर्वेक्षण गरिएको आयोजनामा खोलामा पानीको मात्रालाई हेरेर उत्पादन क्षमता बढाइएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment