असोज १९ –सिन्धुपाल्चोकको भोटेकासीमा सहासिक खेलको रुपमा सन्चालित बन्जिजम्प पोखरामा पनि बन्जि जम्प सञ्चालनमा आएको छ । पर्यटकस्थल पोखरामा थप पर्यटन प्रवद्र्धन गर्न बन्जीजम्प सञ्चालनमा ल्याइएको हो । दुई वर्ष अघिदेखि पोखरामा ‘जिपफ्लायर’ सेवा सञ्चालन गरेको ‘हाइग्राउन्ड एडभेन्चर्स’ले बन्जीजम्प भित्रयाएको जनाएको छ । गोल्छा अर्गनाइजेसन र मंगलम् ग्रुपको संयुक्त लगानीमा पोखरासंगै कास्किको हेम्जामा पनि सञ्चालन गरिएको प्रवन्ध निर्देशक अभिनव चुरिवालले जानकारी दिनुभयो । डाँडाको ठुप्पोमा टावर खडा गरेर ४५ मिटर लामो पुल आकारको हामफाल्न मिल्ने ठाउँ बनाइएको छ । त्यसबाट ७० मिटर तल रहेको याम्दी खोलाको किनारमा बनाइएको पानीपोखरीमाथि झुन्डिएर आन्तरिक तथा बाह्यि पर्यटकले मनोरञ्जन लिने गरेका छन् ।
बन्जीजम्पका लागि आन्तरिक पर्यटकले ३ हजार ४ सय ९० र विदेशीले ६ हजार ८ सय ९० रुपैयाँ तिर्नुपर्नेछ । स्थानीयलाई आधा छुट दिइएको छ । यस्तै, ‘जिपङ्खलायर’ गर्दा नेपालीले ३ हजार ८ सय ९० र विदेशीले ६ हजार ४ सय ९० रुपैयाँ तिर्नुपर्छ । बन्जी र जिपफ्लायर संगसंगै गर्दा स्वदेशीले ५ हजार ४ सय ९० र विदेशीले ९ हजार ९ सय ९० रुपैयाँ तिर्नुपर्ने जनाइएको छ । बन्जीजम्प गर्न कम्तिमा ३५ किलो तौल र ९ वर्ष उमेर माथिको हुनुपर्नेछ । १ सय २० किलो तौलसम्मकाले जम्प गर्न सक्ने बताइएको छ ।

Post a Comment