असोज २७ –संवैधानिक परिषदले संवैधानिक निकायको नियुक्ति सिफारिसमा समावेशीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ । परिषदको सोमबार बसेको बैठकले संवैधानिक निकायलाई समावेशी बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज बसेको परिषद बैठकले संवैधानिक निकायमा यसअघि गरिएका सिफारिसहरु पनि समावेशीताकमै आधारमा गरिएको प्रष्ट पारेको छ । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको सिफारिस समावेशी नभएको भन्दै संसदी सुनवाई विशेष समितिले ध्यानाकर्षण गराएपछि परिषदले यो निर्णय गरेको परिषदका सदस्य सभामुख सुवास नेम्वाङले जानकारी दिनुभयो । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग लगायतका निकायमा पदाधिकारी सिफारिस गर्ने विषयमा छलफल भए पनि दलहरुबीच कुरा नमिलेका कारण निर्णय हुन नसकेको स्रोतले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment