असोज २७ –नयाँ संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको आज बसेको बैठकले संक्रमणकालीन व्यवस्था अन्र्तगत संविधान जारी भएको तत्कालीन संसदबाट एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने सहमति गरेको हो । यसरी निर्वाचित हुने राष्ट्रपति र उपराष्ट्रपति नयाँ संविधानमा व्यवस्था हुने प्रवाधान अनुसार अर्को निर्वाचन नभएसम्म कायम रहने छन् । दलहरुले गरेको प्रतिवद्धता अनुसार माघ ८ मा नयाा संविधान जारी भएमा फागुन ८ भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु पर्ने हुन्छ ।समितिको बैठक आजै अपरान्ह फेरी बस्ने छ ।

Post a Comment

 
Top