असोज २७ –यस वर्ष देशका विभिन्न स्थानमा समयमै रोपाइँ हुन नसकेका कारण धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । आर्थिक वर्ष ७०÷७१ मा ती सबै वस्तु तथा खाद्य बाली कुल ९५ लाख ६२ हजार ७१८ मेट्रिकटन उत्पादन भएको थियो । त्यसमा धान भने ५० लाख ४७ हजार ४७ मेट्रिकटन उत्पादन भएको थियो नौ लाख मेट्रिकटन चामल आयात गरिएको थियो ।  कृषि विकास मन्त्रालयका अनुसार यसवर्ष करिब ९१ प्रतिशत रोपाइँ भएको छ । समयमै मनसुन सुरु नभएका कारण आवश्यक समयमा वर्षा नभएपछि रोपाइँ पनि समयमा हुन नसकेको र त्यसको गहिरो प्रभाव उत्पादनमा पर्ने देखिन्छ ।
कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले गएको आर्थिक वर्षमा बर्खे तथा हिउँदे बालीको कुल उत्पादन ९५ लाख ६२ हजार ७१८ मेट्रिकटन उत्पादन भएको जानकारी दिनुभयो । प्रत्येक वर्ष हुने जनसङ्ख्या वृद्धिले खाद्यान्नको माग बढ्ने भए पनि उत्पादनमा कमी आएका कारण बचत पनि घट्दो क्रममा रहेको छ । कृषि विकास परियोजनाका निर्देशक योेगेन्द्र कार्कीले केही वर्ष अघिसम्म विभिन्न खाद्य वस्तु निर्यात गर्ने मुलुक नेपालल अहिले परनिर्भर भई खाद्य सङ्कट व्यहोर्नु पर्ने अवस्था लाजमर्दो भएको यसलाई समयमै समाधान गर्नुपर्नेे बताउनुभयो ।

Post a Comment

 
Top