असोज २७ –नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४०सौँ वार्षिकोत्सव पारेर त्यहाँको एक व्यापारी प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ । नेपालका उद्योगी व्यवसायीहरूसँग उद्योग, व्यवसाय, लगानीलगायत नेपालको आर्थिक विकासका विविध विषयमा छलफल गर्न कोरियाका प्रतिष्ठित सातवटा कम्पनी नेपाल आउन लागेका हुन् । यही असोज २९ गते नेपालका उद्यमीहरूसँग वार्ता गर्न कोरियाको चुङ्नाम प्रान्तका व्यापारी नेपाल भ्रमणमा आउन लागेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ ।

Post a Comment

 
Top