असोज २६ –गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भूगोल तथा नदी तट क्षेत्रमा गएको बाढी र पहिरोका कारण करिब १९ अर्ब क्षति भएको जनाएको छ । सिन्धुपाल्चोकको जुरे, सुर्खेत, बर्दियालगायतका स्थानमा बाढी पहिरो गएको थियो । जुन बितेका  ७० वर्षयताकै ठूलो विपत्ती मानिएको छ ।  प्रकोप पूर्व तयारी सञ्जालले गरेको अन्तक्र्रियामा गृह मन्त्रालयका सहसचिव यादवप्रसाद कोइरालाले  विपत्तीमा ५सय भन्दा बढीको मृत्यु भएको तथा दुई लाख विस्थापित भएको जानकारी दिनुभयो ।

Post a Comment

 
Top