असोज २६ –आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीको लागि नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्नका लागि श्रीलंका पूगे छ । टोली मध्यान्ह श्रृलंका पुगेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । आगामी कात्तिक ६ गतेदेखि मलेसियामा सञ्चालन हुने प्रतियोगिताको तयारीको लागि १८ सदस्यीय नेपाली टोली गएराती त्यसतर्फ प्रस्थान गरेको थियो । श्रीलङकामा नेपाली टोलीले त्यहीको शीर्ष स्थानमा रहेका तीन क्लबसँग अभ्यास खेल खेल्ने तय भएको छ । डिभिजन थ्रीमा नेपालले युगान्डासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल कात्तिक ७ गते बर्मुडा, तेस्रो खेल ( गते सिङगापुर र चौथो खेल १) गते अमेरिकासँग खेल्ने तय भएको छ । त्यस्तै पाँचौ तथा अन्तिम खेलमा कात्तिक १२ गते नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । टोली श्रीलङकमा अभ्यास खेल सकिए लगत्तै डिभिजन थ्रीका लागि सिधै मलेसिया प्रस्थान गर्ने क्यानले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment