असोज २६ –समुद्री आंधीबाट भारतका विभिन्न राज्यहरुको जनजीवन प्रभावित भएको छ ।  हुदहुद नाम दिइएको आंधीका कारण आन्ध्र प्रदेशमा ३  जनाको मृत्यु भएको छ । १ सय ९५ किलोमिटर प्रति घण्टाको वेगमा आएको आंधी विशाखापट्नम् पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बंगालको खाडीबाट उठेको आंधीबाट आन्ध्र प्रदेश र उडिसा बढी प्रभावित भएका छन् । त्यस क्षेत्रका करिब ४ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् । आँधिका कारण विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ भने हवाई यातायात र रेल सेवा पनि प्रभावित भएका छन् ।  मौसमविद्हरले आंधीको प्रभाव केही घण्टासम्म बढी रहने र त्यसपछि बर्षामा बदलिने बताएका छन् ।

Post a Comment

 
Top