असोज २७ –राजनीतिक समितिले बजेट र कर्मचारी माग गर्ने निर्णय गरेको छ । आज बसेको समिति बैठकमा संयन्त्रको कार्यक्षेत्रका विषयमा छलफल भएको थियो । बैठकले संयन्त्रको कार्यलय, आवश्यक र कर्मचारी बजेट माग गर्ने निर्णय गरेको संयोजक पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो । बैठकपछि प्रचण्डले शान्ति प्रक्रियाको बाकी काम टुंगोमा पुर्याउने तथा राजनीतिक सहमति जुटाउने संयन्त्रको मुख्य जिम्मेवारी रहेको सोही अनुसार काम गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई अगाडि बढाउन सरकारलाई आग्रह गर्ने सहमति गरेको छ । संयन्त्रको कार्यक्षेत्र  र कार्यविधि भने अर्को बैठकमा तय गरिने प्रचण्डले बताउनुभयो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पहिलो बैठक भएको हुनाले खास कुनै विषयमा सहमति भइनसकेको जानकारी दिनुभयो  ।

Post a Comment

 
Top