असोज २७ –उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले बाराको सिम्रौनगढमा भएको घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले संसद्मा आवाज उठेबमोजिम संसदीय छानबिन समिति गठन गर्ने र त्यसको प्रतिवेदन शिरोधार्य गरिने बताएपछि केहीबेर अबरुद्ध भएको संसद्को बैठक सुचारु भएको छ । मृतक जयनारायण पटेललाई राष्ट्रिय सहिद घोषणा गर्न, परिवारलाई अधिकतम राहत उपलब्ध गराउन तथा उच्चस्तरीय समिति गठन गर्न गृहमन्त्रालयमा अनुरोध गर्ने बारे सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । अघि गृहमन्त्री बामदेव गौतमले हिजोको बैठकमा बारा गोलीकाण्ड सम्बन्धमा दिएको जानकारी चित्तबुझ्दो भएन भन्दै प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका थिए । मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवले बारा गोलीकाण्डमा गृहमन्त्री गौतमले सदनमा दिएको जवाफ र जानकारी चित्त नबुझेको भन्दै आपति जनाउनुभयो । शनिबार बाराको हरिरहपुरमा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको थियो भने ३ जना घाईते भएका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment