असोज २३ –हतियारको राजनीति छाडेर शान्तिपूर्ण आन्दोलनमा आएको तराई संयुक्त जनक्रान्ति पार्टी नेपालले निकट भविष्यमै सरकारसमक्ष हतियार बुझाउने भएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत रहेको प्रारम्भिक वार्ता उपसमितिसित भएको वार्ताअनुसार पार्टीले सरकारसमक्ष हतियार बुझाउने भएको हो । पार्टीद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अनुराग समूहका संयोजक भुवनेश्वर मण्डलले देशका विभिन्न कारागारमा रहेका करिब १५ जना बन्दी कार्यकर्तालाई सम्झौताअनुरुप सरकारले रिहा गर्नुपर्ने माग अघि सार्नुभएको छ ।

Post a Comment

 
Top