असोज २६ –प्रधानमन्त्री सुशील कोइराला र नेपाल भ्रमणमा रहनु भएका भारतका पूर्व संघीय मन्त्री भिष्मनारायण सिंहबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ता नेपाल भारत सम्बन्ध, नेपालको शान्ति प्रकृया, संविधान लेखन प्रकृया जस्ता विषयमा केन्द्रित भएको थियो । भेटमा भारतीय नेता सिंहले नेपालले छिट्टै संविधानसभाबाट नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नु भएको थियो । जवाफमा प्रधानमन्त्री कोइरालाले सहमतीमा नै संबिधान जारी गर्ने पहलमा दलहरु गंभिर छलफलमा रहेको बताउनुभएको थियो ।

Post a Comment

 
Top