असोज २६ –व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका सम्बन्धमा भएको पछिल्लो प्रगतिका बारेमा सात दिनभित्र जानकारी गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले यसअघि दिइएको निर्देशन किन, कार्यान्वयन नभएको हो भन्ने जानकारीसहित पछिल्लो अवस्थाका बारेमा जानकारी गराउन निर्देशन दिएको समितिका सभापति गगन थापाले बताउनुभयो ।
समितिले यसअघि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति, चालु आर्थिक वर्षमा प्राधिकरणले कार्यान्वयन गर्ने योजनाको कार्यतालिकासहित प्रस्तुत हुन निर्देशन दिएको थियो । यसैबिच समितिको बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै ऊर्जा मन्त्री ज्ञवालीले उज्यालो नेपाल, समृद्ध नेपालको अभियानमा निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

Post a Comment

 
Top