असोज २६ –खुला दिसामुक्त घोषणा भएका पश्चिम म्याग्दीका आठ गाविसमा खानेपानीको समस्या भएको छ । खुला दिसामुक्त हुनका लागि चाहिने न्यूनतम मापदण्ड खानेपानीकै अभाव भएपछि ती गाविसहरुमा खुला दिसामुक्त घोषणा कार्यान्वयनमा समस्या देखिएको छ । भकिम्ली, अर्मन, बरञ्जा, मुना, देवीस्थान, रुम, ओखरबोट र मुदी गाविसमा खानेपानीको समस्या भएको हो । जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्थानीय गाविसलगायतका निकायले अभियानमार्फत जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरे पनि खानेपानी अभावले घोषणा प्रभावित बनेको स्थानीयवासीको गुनासो छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment