असोज २६ –संबिधानका बिबादीत विषयमा सहमती जुटाउने पलमा बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक निष्कर्ष बिहिन भएको छ । राज्यपुर्नसंरचना, शासकिय स्वरुप, न्यायप्रणाली लगाएत बिषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । नेकपा एमाले नेता भिम रावलले दलहरुबीच विवादित विषयमा घनीभूत छलफल आरम्भ भएको प्रतिक्रिया दिनुभयो । दलहरुबीच सहमति खोज्न बाकी ३ दिनसम्म निरन्तर छलफल हुने भएको छ । बैठकपछि एमाले नेता माधवकुमार नेपालले छलफल निरन्तर रहने भएकाले बैठकमा के भयो भनेर अबका ३ दिनसम्म केही नसोध्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । छलफलमा नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेता सहभागी थिए । बैठकमा एमालेले ५ देखि ७ वटा संघीय प्रदेशमा सहमति हुने अवस्था आए शासकीय स्वरुपमा लचिलो हुने बताएको थियो । रावलले संघीय प्रदेशमा सहमति बने एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडानमा लचिलो हुने जानकारी दिनुभयो । अर्को बैठक आजै साँझ फेरी बस्ने नेताहरुले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment