गोरखा, असोज २८ –भगवति हिमालय उच्च मावि घैरुङमा क्याम्पस सञ्चालनको लागि रकम संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञलाई बर्षाले प्रभाव पा¥यो, आज ७६ हजार भन्दा बढि रकम संकलन । भगवति हिमालय उच्च मावि घैरुङ २ बतासे गोरखामा क्याम्पस स्थापनाका लागि लगायत विद्यालयको भौतिक पुर्वाधार विकासका लागि रकम संकलन गर्ने उद्देश्यले २६ गतेबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको तेस्रो दिन आज ७६ हजार ३ सय १२ रुपैया रकम संकलन भएको भगवति हिमालय उच्च माविका प्राचार्य खुन प्रसाद रेग्मीले जानकारी दिनुभयो । बर्षातको कारण महायज्ञमा सहभागी हुन भक्तजनहरुलाई समस्या परेको छ । विगत दुई दिनको तुलनामा आज महायज्ञमा भक्तजनहरुको संख्या घटेको थियो । महायज्ञमा घैरुङ, नामजुङ, ताक्लुङ, ताङ्लििचोकका भक्तजनहरु आउने गरेको विद्यालयका प्राचार्य रेग्मीले जानकारी दिनुभयो । महायज्ञमा सुप्रशिद्ध भागवाताचार्य गुरुदेव अध्यात्म शिरोमणि श्री रामकृष्ण उपाध्यायले कथा बाचन गरिरहनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment