असोज २८ –सञ्चारमन्त्री मीनेन्द्र रिजालले हुलाक सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन यसलाई पुनःसंरचना गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले सञ्चार मन्त्रालयसँग सम्बन्धित विषयमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री रिजालले हुलाक सेवालाई समयानुकूल विस्तार गर्न पुनःसंरचना गर्न लागिएको बताउनुभयो ।
उहाँले सूचना प्रविधिमा भएको विकासले गर्दा हुलाक कार्यको सेवा साँघुरिँदै गएको देखिएपनि गाउँगाउँसम्म सरकारको पहुँच रहेको उल्लेख गर्नुभयो ।भौगोलिक विकटताका कारण कतिपय हिमाली जिल्लाहरुमा टेलिफोन विस्तारमा कठिनाइ भइरहेको तर्फ सदनलाई जानकारी गराउनुभयो । यसैगरी, विनियोजन विधेयकअन्तर्गत वन तथा भूसंरक्षण मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री महेश आचार्यले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण, वनपैदावारको व्यवसायीकरण गरी आम जनताको समृद्धिसँग जोड्ने गरी दीर्घकालीन वन नीतिको लक्ष्य लिएको बताउनुभयो ।

Post a Comment