असोज २८ –मुख्य तीन दलले हिजो गरेको सहमतिलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अनुमोदन गरेको छ । तीन दलको हिजोको बैठकमा भएको सहमति अनुसारको विवरण समितिमा प्रस्तुत गर्दा साना दलका सभासदले भने विरोध गरेका छन् ।सार्वजनिक हितका लागि जमिन अधिग्रहण गर्दा राज्यले क्षतिपूति दिर्ने व्यवस्था भावी संविधानको मौलिक हकमा राख्न तीन दलले सहमति गरेका थिए । त्यसैगरी स्वास्थ्य उपचार पाउने अधिकार, कृषिको आधुनिकीकरण र भूमि व्यवस्थापन जस्ता विषय राज्यको दायित्व खण्डमा राख्ने सहमति भएको थियो । सहमति भएका यी विषय समितिमा प्रस्तुत गरेर पारित गरिएको थियो । यसैबीच संविधानका विवादित विषयमा आज पनि तिन प्रमुख दलको बैठक बस्दैछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment