असोज २८ –जनकवि केशरी धर्मराज थापाको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा आज बिहान ५ बजे स्वयम्भुस्थित निवासमा निधन भएको हो । थापा लामो समयदेखि उच्च रक्तचाप र प्यारालाइसिको विरामी हुनुहुन्थ्यो । थापाको जन्म वि.सं. १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रुपमा कास्की जिल्लाको बाटुलेचौरमा भएको हो । थापाले लोकसाहित्य र गितमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ ।
प्रजातन्त्रको काफल पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला डाँडाकाटी गएको नेपाली, जस्ता गीत गाउँदै कुनाकन्दरामा पुगेर नेपालीलाई बिउँझाउनु भएको थियो । थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन् । उहाँले वि.सं. २०१३ मा तत्कालिन राजा महेन्द्रबाट थापाले ‘जनकवि केशरी” को उपाधि पाउनु भएको हो । जगदम्बाश्री, इन्द्रराज्य लक्ष्मी पुरस्कार, शुभ राज्याभिषेक पदक, लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायतबाट उहाँ सम्मानित हुनुभएको थियो ।

Post a Comment