गोरखा, असोज २७ –अव्यस्थित वस्तीका आवाजहरु भन्ने नारा सहित यस वर्षको विश्व वसोबास दिवस गोरखामा एक कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्र संघले सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोवर महिनाको पहिलो सोमबारलाई विश्व वसोवास दिवसको रुपमा मनाउँदै आएको छ । दिवसका अवसर पारेर गोरखा नगरपालिका वडा नं. १ बसपार्क स्थित सुकुम्बासी बस्तीमा कार्यक्रम भएको हो । कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाका प्रमुख श्याम किशोर सिंह, सुकुम्बासी समस्या समाधान समिति गोरखाका अध्यक्ष सम्झना देवकोटा, सुकुम्बासी टोल सुुुुधार समितिका अध्यक्ष जौमाया विश्वकर्मा लगातयले मन्तव्य राख्नुभएको थियो ।
बसपार्क स्थित रहेको सुकुम्बासी टोलका स्थानीयले पानीको ट्यांकी भएपनि पानी नआएको, आर्थिक अवस्था कमजोर रहेको, बालबालिकाहरु विद्यालय जान नसकेको, स्वास्थ्य उपचारमा समस्या भएको, जीविकोपार्जनका लागि बंगुर पालन गर्दा नगरपालिकाले आफूहरुलाई पटक पटक यस क्षेत्रबाट हटाउन खोजेको सुकुम्बासीहरुले बताएका छन् ।
एक्काईसौं शताब्दीका शहरी क्षेत्रको मुख्य चुनौती अव्यवस्थित वस्तीका चापलाई कम गरी बस्तीलाई व्यवस्थित बनाउन जनचेतना अभिवृद्धि गर्ने, बढ्दो शहरीकरण, वातावरणीय प्रदुषण, सार्वजनिक तथा हरियाली क्षेत्रको अतिक्रमण जस्ता कार्यहरुलाई रोक्न जनचेतना अभिवृद्धि गर्ने उदेश्यले यो विश्व वसोबास दिवस मनाइएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, गोरखाका प्रमुख श्याम किशोर सिंहले बताउनुभयो ।
दिवसको अवसरमा बसपार्कबाट हरमटारीसम्म ¥यालि प्रद्धर्शन गरिएको थियो ।
कार्यक्रम शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको आयोजना तथा सुकुम्वासी समस्या समाधान जिल्ला समिति गोरखाको सह–आयोजनामा भएको थियो ।

Post a Comment