काठमाडौं, असोज २७ ( यस वर्षको तिहारमा फूलको भाउ नबढ्ने भएको छ । माग अनुसारको आपूर्ति गर्ने तयारी भैरहेकाले भाउ नबढ्ने फ्लोरिकल्चर एसोसिएन अफ नेपालले जनाएको छ । एसोसिएसनका अनुसार यसवर्षको तिहारमा भारतबाट मात्रै झण्डै डेढरदुई लाख रुपैंयाको सयपत्री फूल भित्राउने तयारी छ । सयपत्री फूल स्वदेशमै उत्पादन गर्न सकिने भएपनि माग अनुसारको उत्पादन नहुँदा भारतको भर पर्नुपर्ने बाध्यता छ । तर फूलमा आत्मनिर्भर बन्न अहिले वर्षभरी नै सयपत्री फुलाउन अध्ययन भैरहेको छ । अध्ययनका क्रममा एसोसिएसनले अहिले काभ्रेमा सयपत्रीको व्यवसायिक खेती सुरु गरेको छ ।
एसोसिएनका उपाध्यक्ष कुमार कसजू श्रेष्ठले काभ्रेमा सयपत्रीको व्यवसायीक खेती सफल भएकाले देशैभर विस्तार गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ गाउँमा गएर किसानको समूह बनाई तािलम दिएपछि सयपत्रीको व्यवसायीक खेती सुरु गरिनेछ । विशेषगरी तिहारमा धेरै कारोबार हुने भएपनि हरेक वर्ष १० देखि १५ प्रतिशतले फूलको माग बढ्ने गरेको तथ्याङ छ । सयपत्रीको व्यवसायिक खेतीका लागि न्यूनतम तापक्रम ८ डिग्री भन्दा तल नझर्ने र हुस्सु नलाग्ने ठाउँ उपयुक्त हुन्छ ।

Post a Comment

 
Top