लमजुङ, असोज २७ ( लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नम्बर ४ पिप्लेमा एउटै घरका ४ जनाको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले हत्यामा संलग्न परिवारकै सदस्य २९ वर्षका राममणि रेग्मीलाई पक्राउ गरेको १२ दिनपछि सार्वजनिक गरेको हो । नेपाली सेनाको हनुमान ध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणिले आफूले परिवारका ४ जना सदस्यको हत्या गरेको स्वीकार गरेको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।
राममणिले बयानका क्रममा आफ्नै बुवा ६० वर्षका अर्जुनप्रसाद रेग्मी, आफ्नै बहिनी वर्ष १४ की ज्योति रेग्मी, अर्जुनप्रसादकी धर्मछोरी अर्थात राममणिका धर्म्दिदी ३५ बर्षकी रीना घिमिरे र घिमिरेबाट जन्मिएका १२ बर्षको विकास घिमिरेको हत्या गरेको स्वीकार गरेको प्रहरीले दावी गरेको छ । दसैँको फूलपातीको अघिल्लो रात गत असोज १४ गते राती राममणि एक्लैले परिवारका ४ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै कार्यकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले अनुसन्धानबाट राममणि एक्लै हत्यामा संलग्न देखिएको बताउनुभयो ।
‘पारिवारिक झगडा र पुरानो रिसिईबीका कारण राममणिले ४ जनाको हत्या गरेको अनुसन्धानबाट देखिएको छ’ प्रहरी नायब उपरीक्षक पुडासैनीले भन्नुभयो, ‘राममणिमात्रै घटनामा संलग्न भएको देखिएको छ, अरु कोही पनि छैनन् ।’ प्रहरीले जिल्ला अदालतमा बयान दिएको भिडियो रेकर्ड समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।
एकै घरका ४ जनालाई हत्याको अभियोग लागेका राममणि, अर्जुनप्रसादको कान्छीपट्टीका जेठो छोरा हुन् । झण्डै २ बर्षदेखि आफ्नो छुटिएर भोटेओडारकै अकला मन्दिर नजिकै बस्दै आएका राममणिका सहोदर भाइ अबुधाबीमा काम गर्दागर्दै घटना घटेपछि घर आएका छन् । अर्जुनप्रसादका जेठीपट्टीका ५ जना छोरीमध्ये ४ जनाको विवाह भईसकेको छ भने १ जनाको विवाह भएको छैन । अर्जुनकी जेठी श्रीमती शान्ता रेग्मी अहिले भोटेओडारको अकला मन्दिर नजिकै एघारविसेमा बस्दै आएकी छन् । अर्जुनप्रसादका कान्छी श्रीमती लिला रेग्मीको १४ बर्षअघि निधन भईसकेको छ । कान्छी श्रीमतीको २०५७ फागुनमा निधन भएपछि ०५८ को बैशाखमा अर्जुनप्रसादले रीनालाई धर्मछोरीको रुपमा भारतबाट लिएर आएका थिए । धर्म छोरीको रुपमा राखेपनि धर्मछोरीबाट बाबु नखुलेको छोरा जन्मिएर १२ बर्षको भएको थियो । उनी नजिकै अकला निमावि कक्षा ४ मा पढ्दै आएका थिए भने ज्योति कक्षा ६ मा पढ्दै आएकी थिईन् ।
पत्रकार सम्मेलनमा उपस्थित गराईएका राममणिले आफूले हत्या गरेको स्वीकार गर्दै घटनालाई सोही दिन भन्ने प्रयास गरेपनि भन्न नसकेको बताए । ‘म नशामा भएकाले केही थाह पाईन, विहान एकजना दाइले भनेरमात्र थाह पाएँ’ उनले भने, ‘घटनाबारे मैले चौकीमै गएर भन्छु भनेको थिएँ तर सकिन ।’ उनले आफ्नो बाबु, धर्म्दिदी र धर्म भान्जा मारेकोमा कुनै अपशोच नरहेको तर, आफ्नै बहिनीको हत्या गरेकोप्रति पछुतो लागेको बताए । आफ्नो बुवाले नागरिकता नदिएका कारण आफूले धेरै दुःख पाएको, आफ्नो छोरा नठानी कान्छोलाई मात्र छोरा भनेर जग्गा नामसारी गरेको, आफ्नो आमालाई बुवाले मारेको भन्ने बुझिएको र आफूलाई समेत मट्टितेल खन्याएर मार्न खोजेकाले रक्सी खाएको झोँकमा बाबुको हत्या गरेको उनले प्रहरी समक्ष स्वीकारेका छन् ।
धर्म दिदी भनिएका रीनाले बाबुसँग मिलेर सधैं घृणित बोलीबचन गर्ने, आफूलाई मार्न खोज्ने र नसकेमा आफ्ना छोरालाई कुनै दिन मार्ने धम्की दिएपछिको रिसले आमा छोराको हत्या गरेको उनले बताए । धर्म दिदी रिनालाई दाउरा हान्ने बेलामा उनले छलेका कारण आफ्नो बहिनीलाई लाग्न पुगेको र उनको पनि मृत्यु भएको बयान उनले दिएका छन् ।
प्रहरीले लमजुङमा घटेको अपराधिक घटनामध्ये यो घटना अहिलेसम्मकै सवैभन्दा ठूलो अपराधिक घटना भएको जनाएको छ । घटनालाई केन्द्रीय अनुसन्धान ब्यूरो, क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोबाट गरिएको ‘सिडिआर रेकर्ड एनलाईसिस’, क्षेत्रीय कार्यालयबाट ल्याईएको कुकुर र घटनास्थल साथै राममणिको घरमा भेटिएको सवुत प्रमाणले अपराधीलाई तत्कालै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउन सकेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक यो घटना एउटै परिवारभित्र घटेको सवैभन्दा ठूलो अपराधिक घटना र ४ जनाको एकैस्थानमा विभित्स तरिकाले हत्या गरिएको जघन्य अपराध भएको बताउनुभयो । हत्या गरिएकै भोलिपल्ट घटना घटेको थाह पाएपछि प्रहरी नियन्त्रणमा रहेका राममणि बेहोस् भएपछि अनुसन्धानमा ढिलाई हुन पुगेको प्रहरीले जनाएको छ । १७ गते विजयादशमीको दिन प्रहरी नियन्त्रमा रहेका राममणि एक्कासी बेहोस भएपछि उनलाई तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकी प्रहरी अस्पताल काठमाडौं पठाईएकोमा अस्पतालले सैनिक अस्पताल छाउनीमा सिफारिस गरेको थियो । उपचारपछि शनिबार लमजुङ ल्याईएका राममणिलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । प्रहरीले अब अदालती कार्य अगाडि बढाउने जनाएको छ ।

Post a Comment