असोज २५ –नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरपछि शुरु हुदै छ ।बैठकमा सहभागि हुन सभासद तथा केन्द्रीय सदस्यहरु बालुवाटार पुग्ने क्रम शुरु भएको छ ।
आजको बैठकमा संविधान निर्माणका लागि संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले टुङ्ग्याउन नसकेका विषयमा छलफल हुने काग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पाँचबुँदे सहमतिबारे जानकारी गराउनुका साथै संविधान निर्माणलगायत विषयमा छलफल हुने छ ।
यसअघि हिजो बिहान साढे सात बजे बस्ने गरि बोलाइएको बैठक आजकोलागि सारिएको थियो । लामो समयदेखि पार्टीका बैठकबाट निर्णय नगरि शीर्ष नेताहरुलेमात्रै पार्टी चलाएको प्रति असन्तुष्टि जनाउदै काग्रेसका दोस्रो तहका नेताले बैठक बोलाउन माग गरेका थिए ।

Post a Comment