असोज २५ –उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजेपछि बस्ने छ । गत बुधबार दलहरुबीच समितिको पहिलो दुई महिनाको नेतृत्व एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने गरि उच्चस्तरीय राजनीतिक समित गठन गर्ने सहमती भएको थियो । गत पुसमा भएको चारबुदे सहमती अनुसार समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दलहरुले निरन्तर सदन अबरुद्ध गरेपछि सक्तारुढ दल समिति गठन गर्न सहमत भएका थिए । समितिले राजनीतिक दलहरुबीच समहमती कायम गर्ने तथा शान्ति प्रकृयाका बाँकी काम पुरा गर्न पहल गर्ने छ । समितिमा प्रमुख तीन दलबाट तीन–तीन जना र अन्य मधेसबादी दलबाँट एक–एक जना रहने सहमती भएपनि को–को रहने भन्ने टुंगो लागेको छैन । आजको बैठकमा समितिमा रहने सदस्य बारे छलफल हुने समिति संयोजक एबम् माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment