गोरखा, असोज २४ –तल्लो मनास्लु क्षेत्र लगायत गोरखाको पर्यटनको प्रवद्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा आज एक कार्यक्रमको विच छलफल भएको छ । विकुल भाषा शिक्षणका सञ्चालक अमेरीकाका डाक्टर जानले गोरखा जिल्लामा पर्यटनको प्रसस्त सम्भावना रहेको बताउनुभएको छ । जिल्लाको बारपाक, धार्चे, लिगलिगकोट लगायतका पर्यटकिय क्षेत्रहरुमा पर्यटकिय सम्भावना प्रचुर रहेकोले त्यस्ता क्षेत्रहरुलाई प्रवद्धन गर्नका लागि गोरखार्लीहरु जुट्नु पर्ने उहाँको भनाई छ । गोरखामा पर्यटन व्यवसाय गरी मनग्य आर्थीक लाभ लिन सक्ने स्थिित रहेपनि यहाँका जनताले सहि तरिका नअपनाएको जानको भनाई छ । यदि सहि तरिकाबाट पर्यटन व्यवसाय सञ्चालन गर्न सके गोरखाका लाखौ यूवाहरु विदेशीनु पर्ने बाध्यता हट्ने डाक्टर जानले बताउनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment