गोरखा, असोज २४ –गोरखकारली बचत ऋण सहकारी संस्थाको २२ औ साधरण सभा तथा १३ औ अधिवेशन महालक्ष्मि उच्च मावि लक्ष्मिबजार गोरखामा आज सम्पन्न भएको छ । सहकारी संस्थाको अध्यक्ष चुडामणी शर्माको अध्यक्षतामा भएको सभामा नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय महासचिव परिषोत पौडेललको प्रमुख आतिथ्यता रहेको थियो । सभामा संस्थाका सचिव सुजन कुवँरले आर्थिक बर्ष २०७०÷०७१ को संस्थागत विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तैगरी संस्थाको कोषाध्यक्ष निर्मला अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा संस्थाका उपाध्यक्ष शिव के.सीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तैगरी सभामा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र खनाल, पूर्व सञ्चालक समितिका संकर बहादुर कुवँर, टक्सारकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धर्मोजंग थापा, हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोभर्दन आचार्य लगायतले मन्तव्य राखेका थिए । संस्थाले संस्थाको जेष्ठ सदस्य शिव बहादुर खत्रिलाई सम्मान गरेको छ । त्यस्तै, कुमारी राना असली ऋणबाट, भू.पू सञ्चालक तथा उपसमितिबाट सदस्य पुरुष भुवन बहादुर नेपाली र सदस्य महिला सरला दानी लगायतलाई सम्मान गरेको छ ।

Post a Comment