असोज २५ –‘दोहोरो सुरक्षाका लागि कन्डममा पहुच बढाऔं’ भन्ने नाराका साथ आज बिसौं राष्ट्रिय कन्डम दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र तथा राष्ट्रिय कन्डम दिवस समन्वय समितिका अनुसार आज दिवसको अवसरमा राजधानीलगायत विविभन्न जिल्लामा विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी सङघसंस्था, नागरिक समाज तथा सञ्चार माध्यमको सक्रिय सहभागितामा सडकनाटक लगायतका कार्यक्रम गरिदै छ।
नेपालमा कन्डमको सहज उपलब्धता र पहुच बढाउने अभियानलाई सशक्त बनाउन २०५२ सालदेखि राष्ट्रिय कन्डम दिवस मनाउन थालिएको हो । अहिलेसम्ममा विश्वमा तीन करोडभन्दा बढी मानिसहरु एचआइभी र एड्स भएर बाचिरहेको र नेपालमा करिब ५० हजार बढि मानिसमा यसको सङक्रमणमा परेकोे अनुमान गरिएको छ । नेपालमा करिब ७८ प्रतिशत एचआईभी सङक्रमण कन्डमबिना गरिने यौन सम्पर्कको कारण सरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

Post a Comment